Oky को सिद्धान्तहरु
किशोरीको नेतृत्वमा डीजाइन
किशोरी केन्द्रित डीजाइन प्रयोग गरेर र किशोरीहरुमा, उनीहरुको निकट सामाजिक संजालमा र किशोरहरुमा समेत व्यापक अनुसन्धान गरेर, Oky किशोरीहरुको लागि र किशोरीहरुकै साथमा, मंगोलिया र इन्डोनेसियामा डीजाइन गरिएको थियो | यसको हरेक चरणमा किशोरीहरु निर्णायक थिए; उनीहरुले Oky को रुप र स्वरूप, कार्यक्षमता तथा विशेषताहरु,र नाम समेत निर्णय गरे |
डिजाइन र विकास प्रक्रियाको प्रत्येक चरणमा किशोरीहरुलाई समावेश गर्दा, किशोरीहरूमा Oky को सान्दर्भिकता सुनिश्चित हुन्छ |
खेलमा आधारित दृष्टिकोण (गेमिफाईड अप्प्रोच)
Oky किशोरी केन्द्रित हुनुका साथै आकर्षक छ, र गेमिफाईड अप्प्रोचको प्रयोग गरेर यसले सिकाईलाई रमाइलो र महिनावारी ट्रयाकिंगलाई विवेकपूर्ण बनाउँछ |
Oky को गेमिफाईड डिजाइनद्वारा,प्रयोगकर्ताहरुले एप लाई व्यक्तिगत रुपमा ढाल्न, आफ्नो अवतार र थिम (विषयवस्तु) छनौट र अनलक गर्न, हाजिरीजवाफहरु खेल्न र आफ्नो अवतारहरू बाट मेसेजेस प्राप्त गर्न सक्छन |
महिनावारी सम्बन्धि कलंक हटाउन र केहि रमाइलोपन थप्नको लागि Oky ले महिनावारी र शरीर- सकारात्मक भाषा प्रयोग गर्छ |
किशोरीहरुको डिजिटल वास्तविकताको लागि डिजाइन गरिएको
किशोरी केन्द्रित अनुसन्धानले किशोरीहरुको डीजिटल अनुभवहरु र बानीहरु बुझ्नकोलागि सहयोग पुर्याएको छ | धेरै किशोरीहरु फोन सेयर गर्छन्, वा एकदम थोरै नेटवर्क हुने ठाउँमा बस्छन्, वा उनीहरुसँग कम विशेषता वाला स्मार्टफोनहरु हुने गर्दछ |
यस्तै डीजिटल वास्तविकताको लागि Oky तयार गरीएको छ | यो एप कम विशेषता वाला फोनहरुको लागि हलुङ्गो छ, र इन्टरनेट कन्नेक्सन बिना अफ्लाइन पनि काम गर्छ | यसले एउटै फोनमापनि फरक- फरक प्रयोगकर्ताहरुलाई लग इन गर्न अनुमति दिन्छ, र बलियो सुरक्षा र पासकोड सुरक्षा प्रदान गर्दछ | यो किशोरीहरूको सन्दर्भ र भाषामा स्थानीयकरण गरिएको छ |
प्रमाणमा आधारित सामग्री
Oky ले प्रमाणका आधारमा, महिनावारी, यौवन अवस्था र प्रजनन स्वास्थ्य सम्बन्धि जानकारीलाई किशोरी मैत्री भाषामा प्रस्तुत गर्दछ, जुन विशेषज्ञहरुद्वारा बनाइएको र जाँच गरिएको छ | सबै सामाग्री (कन्टेन्ट) अन्तरराष्ट्रिय स्तरको यौनिकता शिक्षा अनुरुप रहेको छ |
किशोरीहरुलाई सहयोग आवश्यक परेको अवस्थामा, Oky सँग सन्दर्भ (रेफरल) जानकारी पनि छ, जसले किशोरीहरुलाई अनलाइन र अफलाइन सल्लाह तथा सुविधाहरु तर्फ निर्देशित गर्छ |
खुल्ला स्रोत
Oky को कोड र सामग्री खुल्ला स्रोत हो |
जसले पनि विकास वा लाईसेंसिंग लागत बिना, कोड वा सामग्री उपयोग गर्न सक्छ | यो खुल्ला स्रोत भएको हुनाले, Oky एपको निरन्तर सह-सिर्जना (को-क्रिएसन ) र पुनरावृत्तिलाई अनुमति दिन्छ, साथै विश्वव्यापी Oky समुदाय बनाउन अवसर दिन्छ |
कोड सार्वजनिक रुपमा GitHub मा उपलब्ध छ, र सामग्री अनुरोध गरेपछि उपलब्ध गराइन्छ |
निजी र सुरक्षित
Oky सँग, गोपनीयता पहिले आउँछ |
Oky ले कुनै पनि व्यक्तिगत रूपमा पहिचान गर्न मिल्ने डेटा कैद गर्दैन, किनभने यो बिनापनि, Oky ले किशोरीहरु र युवतीहरूलाई मूल्यवान सेवाहरू प्रदान गर्न सक्छ | यसको मतलब, किशोरीहरुले Oky एप प्रयोग गर्दा, Oky ले कहिले पनि किशोरीको नाम र इमेल एडरेस, वा अरु कुनैपनि व्यक्तिगत पहिचान खुल्ने कुरा किशोरीहरुसँग माग्दैन | उनी Oky सँग अन्तरक्रिया गर्न सक्छिन् र उनको कुनैपनि प्रविष्टिले (एन्ट्रीले) उनको पहिचान गर्दैन |
Oky पासवर्डद्वारा सुरक्षित एप हो र यसका हरेक प्रयोगकर्तासँग आफ्नै पासवर्ड हुन्छ | प्रयोगकर्ताले Oky डाउनलोड गरेर अफलाइनपनि प्रयोग गर्न सक्छन् | किशोरीको एकाउन्ट र डेटा उनको एपमा रहन्छ र त्यस बाहेक अरु ठाउँमा सेभ हुँदैन | जब एउटी किशोरीले एकाउन्ट दर्ता गर्छिन् र Oky अनलाइन प्रयोग गर्छिन्, उनले अनियमित (र्यान्डम) प्रयोगकर्ता नाम र पासवर्ड बनाउँछिन् र गोप्य प्रश्नको उत्तर दिन्छिन् | Oky को कडा डेटा गभर्नेन्स अप्प्रोच अन्तर्गत रहेकोले गर्दा, सरल टेक्स्टमा पनि यी काल्पनिक इनपुट्सले किशोरीको पहिचान गर्न सक्दैन |
जब किशोरीले Oky अनलाइन प्रयोग गर्छिन्, उनले प्रवेश गरेको अधिकांश डेटा Oky ले एपमै स्थानीय रूपमा स्टोर गर्छ र न्यून डेटालाई सुरक्षित डेटाबेसमा सेभ गर्छ | गत महिनावारीक चक्रको मितिहरु मात्र डेटाबेसमा सेभ हुने गर्दछ, त्यसैले किशोरीले मोबाइल फोन परिवर्तन गर्दापनि उनले आफ्नो अघिल्लो महिनावारीको जानकारी पहुँच गर्न सक्छिन् |