भाषा

Select Page

ओकि गोपनीयता सम्बन्धी नीति

तपाईंसंग सम्बन्धीत तथ्यांकको (डाटा) ख्याल राख्नु हाम्रो लागि महत्वपूर्ण छ । हामी गोपनीयता र सुरक्षाको उच्चत स्तरको लक्ष्य राखी कसरी तपाइँको तथ्यांकको प्रशोधन र प्रयोग गर्छौं भन्ने बारे पारदर्शी हुन प्रतिबद्ध छौं ।

यो गोपनीयता नीतिले तपाइँको तथ्यांक कसरी सङ्कलन, भण्डारण र प्रयोग गरिन्छ र तपाइँको तथ्यांक सुरक्षित राख्न हामीले के कदम चाल्छौँ भनेर व्याख्या गर्दछ ।

ओकि नेपाल प्रयोग गर्नु अघि कृपया हाम्रो गोपनीयता नीति ध्यानपूर्वक पढ्नुहोस् । साथै अद्यावधिक हुनका  लागि रुपमा हेर्नुहोस । ओकि नेपालको एप वा वेबसाइटमा प्रबेश गरेपछि वा प्रयोग गर्नुभएपछि तपाईं यो गोपनीयता नीतिमा सहमत हुनुहुन्छ भन्ने मानिन्छ ।

ओकि नेपाल  युनिसफले तयार गरेको हो र यसकै स्वामित्वमा रहेको छ । ओकि नेपाल मा आफ्नो तथ्यांकको उपयोगको बारेमा केहि प्रश्न छ भने कृपया हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस् । हामीलाई सम्पर्क गर्न को लागि इमेलः info@nfcc.org.np,  nfccoky@gmail.com

यस गोपनीयता नीतिको प्रयोजनका लागि “व्यक्तिगत तथ्यांक“ भनेको कुनै पनि जानकारी हो जसले कुनै व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पहिचान  गर्नका लागि  नाम, पहिचान नम्बर, स्थान , अनलाइन पहिचानकर्ता वा एक वा एक भन्दा बढी कुराले हामीलाई  पहिचान गर्न सक्षम बनाउँछ ।

१. ओकि नेपालले तपाईंको बारेमा के जानकारी सङ्कलन गर्छ र हामी यसलाई कसरी प्रयोग गर्छौं ?

जब तपाइँ ओकि नेपाल एपमा आफ्नो व्यक्तिगत जानकारी दिनुहुन्छ ओकि नेपालले त्यो तथ्यांकलाई उपयोगी जानकारीमा परिणत गर्छ जसले  तपाइँको शरीर र स्वास्थ्यको नियन्त्रण गर्न सक्षम बनाउन  तथा तपाइँको महिनाबारी चक्रको  ढाँचा बारे थप जान्न मद्दत गर्न सक्छ ।

ओकि नेपाल  तपाईको व्यक्तिगत तथ्यांकको प्रयोगलाई न्यूनीकरण गर्न बनाइएको छ ।  हामीले सङ्कलन गर्ने र प्रशोधन गर्ने तथ्यांकका स्रोत र प्रकारका साथै हामीले त्यस्ता तथ्यांक कसरी प्रयोग गर्ने भन्ने बारे तल जानकारी दिइएको छः

लग इन जानकारी

ओकि नेपाल एपमा महिनावारी ट्र्याकर को सुबिधा प्रयोग गर्नको लागि, तपाईंले लग इन गर्नु पर्छ । लग इन  गर्दा हामी तपाइँलाई प्रयोगकर्ताको देखाउने नाम वा वास्तबिक नाम, जन्मेको महिना र वर्ष, लिङ्ग र स्थान (देश र प्रदेश मात्र) सोध्छौं । खासगरी यदि तपाइँ १८ वर्ष भन्दा कम उमेरको हुनुहुन्छ हामी तपाइँको वास्तविक नाम वा तपाइँको पहिचान हुन सक्ने अन्य जानकारी नदिने सल्लाह दिन्छौं । हामीले  वर्ष, लिङ्ग र स्थानको जानकारी लिन खोज्नुको कारण लक्षित समुह हो कि होइन भन्ने थाहा पाउन  मात्र हो । यहाँ रहेका तथ्यांकहरु एकमुण्ठ र अज्ञात रुपमा रहेका हुन्छन् ।

डिभाइस  डाटा

हामीले ओकि नेपालका सेवा   प्रयोग गर्ने डिभाइस बारे  जानकारी लिन्छौ । जस्तै मोडेल, अपरेटिङ सिस्टम, भाषा, स्थान र सेसनको अवधि । यो तथ्यांक अज्ञात हुनेछ । यसले हामीलाई हाम्रा प्रयोगकर्ताहरूलाई अझ राम्रोसँग बुझ्न र तिनीहरू ओकि नेपालसँग कसरी संलग्न रहेका छन् भनेर बुझ्न मद्दत गर्दछ ।

सम्लंनता रहेको तथ्यांक (इनगेजमेण्ट डाटा)

जब तपाइँ ओकि नेपाल एप प्रयोग गर्नुहुन्छ, हामी र हाम्रो तेस्रो–पक्षको सेवा प्रदायकहरूले तपाइँ ओकि नेपाल एपसँग कसरी अन्तरक्रिया गरिरहनुभएको छ भन्ने बारेको संलग्नता  रहेको तथ्यांक हेर्दछौं । यो संलग्नता तथ्यांक अज्ञात हुनेछ । यसको मतलब यसले तपाईंलाई एक व्यक्तिको रूपमा पहिचान गर्दैन । हामी यी अन्तरक्रियाहरू रेकर्ड गर्नका लागि बिशेष रुपमा तयार गरिएका ट्र्याकिङ सुविधाहरूको साथमा एउटा एप सेन्टर प्रयोग गर्छौं ।

हामीले यो सूचना तपाइले हाम्रो सेवाको प्रयोगको बारेमा जानकारी लिनका लागि संकलन गर्छाै । उदाहरणको लागि तपाइले एपमा कुन फङ्गसन प्रयोग गरिरहनुभएको छ र ति फङ्गसनहरुले राम्ररी काम गरे नगरेको  भनेर निश्चित हुनका लागि हो ।   साथै  एप तथा यसको सेवाको प्रयोगको बारेमा तपाईलाई जानकारी दिनका लागि  समेत यो सूचना संकलन  गर्दछौं ।

स्वास्थ्य र महिनावारी सम्बन्धी डाटा

तपाईले ओकि नेपाल एपको क्यालेन्डरमा राख्ने  स्वास्थ्य र महिनावारी सम्बन्धी जानकारीहरु जस्तै तपाईको पहिला भएको र हाल भएको महिनावारीको मितिले तपाईको भविष्यमा हुने महिनावारीको मिति अनुमान गर्नका लागि प्रयोग गरिन्छ । यो जानकारी हाम्रो सर्भरहरूमा राखिएको हुन्छ छ जसबाट तपाईंले कुनै पनि डिभाइसबाट आफ्नो खातामा लग इन गर्दा त्यो जानकारी पाउन सक्नुहुनेछ । तपाइँको गोपनीयता को रक्षा गर्नको लागी हामीले एउटा यस्तो प्रणाली बनाएका छौ जहाँ  यी तथ्यांकबाट कसैले पनि प्रयोगकर्तालाई चिन्न नसकोस् ।

तपाईंले आफ्नो डे कार्डहरूमा राख्नुभएको जानकारी (शरीर, मुड, गतिविधि र प्रवाह, र तपाईंको दैनिक डायरी कार्ड) तपाईंको उपकरणमा स्थानीय रूपमामात्र  राखिएको हुन्छ छ र तपाईंसँग मात्र पहुँच हुनेछ ।

सर्वेक्षण (सर्भे)

ओकि नेपालले प्रश्नहरू र सर्वेक्षणहरू मार्फत ओकि नेपाल एपको बारेमा तपाईंको प्रतिक्रिया सोध्न सक्छ  जस्तै : एपले कस्तो काम गरिरहेको छ वा एपले  प्रदान गर्ने जानकारीको उपयोगिता र यो एप प्रयोग गर्दा भएको अनुभव आदि । त्यस्ता सर्वेक्षणहरू र प्रश्नहरू मार्फत तपाईंले दिनुभएको जानकारीलाई ओकि नेपालद्वारा हाम्रा सेवाहरू र ओकि नेपाल सँगको तपाईंको अनुभवलाई सुधार्नको लागि प्रयोग गरिन्छ । कुनै पनि सर्वेक्षण प्रतिक्रियाहरू अज्ञात हुनेछन् ।

कुकिज

कुकिजरू छोटो कुराहरु लेखिएको फाइलहरू हुन् जसले हाम्रो सर्भरमा तपाईंको कम्प्युटर, फोन र अन्य उपकरणहरू पहिचान गर्दछ ।

ओकि नेपाल वेबसाइटले गुगल एनालिटिक्स प्रयोग गर्दछ जसले तपाइँको वेबसाइटको प्रयोगको बारेमा जानकारी सङ्कलन र विश्लेषण गर्न र गतिविधिहरू र प्रवृत्तिहरूमा रिपोर्ट गर्न कुकिज र यस्तै प्रविधिहरू प्रयोग गर्न सक्छ । तपाईंले https://www.google.com/policies/privacy/partners/. मा गएर गुगलको अभ्यासहरू बारे थप जान्न सक्नुहुन्छ । गुगल एनालिटिक्स मार्फत सङ्कलन गरिएको जानकारी अन्तर्गत तपाइँको आईपी ठेगाना, नेटवर्क स्थान, तपाइँ कुन ब्राउजर प्रयोग गरिरहनु भएको छ, डिभाइस आईडी र विशेषताहरू, अपरेटिङ सिस्टम , भाषा प्राथमिकताहरू, सन्दर्भ यूआरएल, र ओकि नेपाल वेबसाइटको प्रयोग पर्दछ ।

गुगल एनालिटिक्सले कुनै पनि बिश्लेषण गरी  ओकि नेपाल टोलीसँगलाई जानकारी दिनु  अघि ओकि नेपाल वेभसाइट प्रयोगकर्ताहरू (जस्तै आईपी ठेगानाहरू) को बारेमा सबै व्यक्तिगत जानकारी हटाउँछ ।  त्यसैले सबै वेबसाइट एनालिटिक्स अज्ञात हुन्छन् र तपाईंलाई वा कुनै व्यक्तिलाई पहिचान गर्न प्रयोग गर्न सकिँदैन ।

समग्र डाटा (एग्रिगेट डाटा)

हामीले ओकि नेपाल एप मार्फत सङ्कलन गरिएको जानकारीलाई तथ्यांकीय विश्लेषण  गर्न र अन्य बैध उद्देश्यका लागि एग्रिगेट गर्न सक्छौँ  जस अन्तर्गत युवाहरूको प्रविधि र डिजिटल उपकरणहरूको प्रयोगको बारेमा हाम्रो बुझाइ थप स्पष्ट गर्ने अनुसन्धान अध्ययनहरू  लगायत पर्दछन् ।  यस अनुसन्धानको नतिजाहरू तेस्रो पक्षहरू जस्तै हाम्रा साझेदारहरू, समर्थकहरू, शिक्षकहरू र अनुसन्धानकर्ताहरूलाई  सम्मेलनहरू, जर्नलहरू, र अन्य प्रकाशनहरू मार्फत दिन सकिन्छ । यसरी दिइने जानकारी सबै एग्रिगेट डाटाको रुपमा हुनेछन् र अज्ञात हुनेछन् । 

कानूनी व्यबस्था

हाम्रो प्रयोगका सर्तहरू लागू गर्न, हाम्रो कानूनी अधिकारको रक्षा गर्न र हाम्रा कानूनी दायित्वहरू र आन्तरिक नीतिहरूको पालना गर्न तपाईंको जानकारी प्रयोग गर्न सक्छौं ।

२. हामीले तपाईंको डाटा कसरी सुरक्षित राख्छौं ?

हामीले भौतिक र इलेक्ट्रोनिक रुपमा  तपाइँको तथ्यांकमा  अनधिकृत पहुँच  हुने वा गोपनियता भंग हुने कुरा रोक्नको लागि धेरै मनासिब उपायहरू प्रयोग गर्छौं । यद्यपि तेस्रो पक्षहरूले गैरकानूनी रूपमा अवरोध गर्न वा तपाईंको डाटा प्राप्त गर्ने सम्भाबना हुन सक्छ ।

यद्यपि हामी तपाईंको डाटा सुरक्षित गर्न अत्यन्तै कडा प्रयत्न गर्छौं तर पनि तपाईंको डाटा सधैं गोप्य रहन्छ भनी ग्यारेन्टी दिन सक्दैनौं ।

तपाईको डाटा अनाधिकृत पहुँचबाट सुरक्षित राख्नका लागि हाम्रो सर्भरको विशेषज्ञहरूद्वारा नियमित रूपमा  जाँच गरिन्छ ।

निम्न तथ्यांकहरु हाम्रो सर्भरहरूमा भण्डारण (स्टोर) गरिएको छः तपाईंको प्रयोगकर्ता नाम, महिना र वर्ष, जन्म, लिङ्ग, स्थान (देश र प्रान्त), तपाईंको महिनावारी सम्बन्धी डाटा, महिनाबारी सुरु र अन्त्य मिति,  विषयवस्तु, भाषा र ओकि नेपाल एपमा तपाईले चयन गरेको अवतार । त्यसका लागि हामीले यसमा भण्डारण गरिएको तथ्यांकबाट कसैले पनि प्रयोगकर्तालाई पहिचान गर्न नसक्ने प्रणाली बनाएका छौं ।  हामी यो तथ्यांक हाम्रो सर्भरमा राख्छौ जसले गर्दा तपाईं फरक फरक डिभाइसबाट आफ्नो खातामा लग इन गर्दा यो तथ्यांक पाउन सक्नुहुन्छ ।

तपाईले हामीलाई ईमेल मार्फत तथ्यांक सुरक्षाको बारेमा कुनै पनि प्रश्नहरूको  लागि सम्पर्क गर्न सक्नुहुन्छः info@nfcc.org.np,  nfccoky@gmail.com .

तपाईंको डाटा सुरक्षित गर्नका लागि गरिएका सिफारिसहरूः

तपाईको डाटाको सुरक्षा र गोपनीयताको लागि सबैभन्दा ठूलो जोखिम भनेको तपाईले चिन्ने व्यक्तिले तपाईको डिभाइसमा पहुँच पाउनु हो । तपाईंले  ओकि नेपालमा  दिनुभएको तथ्यांक नितान्त निजी हो र यो त्यही रूपमा रहनु पर्छ । आफ्नो डिभाइस  सुरक्षित राख्ने तरिकाहरू तल उल्लेख गरेका छौं :

  • खाता लग इन गर्न एउटा फरक खालको पिन वा पासवर्ड राख्नुहोस् । यसलाई  अरुले अरुले सजिलैसंग अनुमान गर्न नसक्ने गरी बनाउनुहोसः उदाहरणका लागि तपाईंको जन्म मिति वा तपाईंको नाम प्रयोग नगर्नुहोस् । यदि तपाईंले आफ्नो डिभाइसमा अरूलाई पनि प्रयोग गर्न दिनु हुन्छ भने एउटा फरक खालको पिन वा पासवर्ड बनाउनुहोस जसले गर्दा  तपाईंको डिभाइसमा ओकि नेपाल सम्बन्धी डाटा तपाईलें मात्र हेर्न सक्नुहुनेछ ।

  • यदि तपाइँको डिभाइस  हराएमा वा चोरी भएमा डिभाइस बाट सबै डाटा मेटाउन सकिने गरी फिचर बनाउनुहोस । एन्ड्रोइडका लागि, गुगल प्ले स्टोर  बाट  फाइन्ड माई डिभाइस  (साबिकका एण्ड्रोइड डिभाइस मेनेजर) डाउनलोड गरी सेटअप गर्नुहोस् र आवश्यक भएमा, आफ्नो फोन टाढैबाट बन्द गर्ने(लक) वा वाइप गर्न(मेटाउने) वेब इन्टरफेस प्रयोग गर्नुहोस् ।

३. तेस्रो पक्षका वेबसाइटहरू

ओकि नेपाल एप र वेभसाइटमा  रहेका अन्य वेभसाइटका लिंकहरु  यो गोपनीयता सम्बन्धी निती अन्तर्गत पर्देनन् । यो निती अन्तर्गत तपाईले एपमा राख्नुभएका व्यक्तिगत सूचनाहरुको प्रशोधन मात्र पर्दछ । हामी ओकि नेपाल एप र वेभसाइटमा  रहेका अन्य वेभसाइटका लिंकहरुका संचालन गर्ने पक्ष लगायत अन्य कुनै  तेश्रो पक्षको कारण गोपनियता,जानकारी वा कार्यहरुका  सम्बन्धमा जिम्मेवार हुने छैनौं ।

ओकि नेपाल वेबसाइट वा एपमा लिङ्क समावेश गर्नुले युनिसेफद्वारा लिङ्क गरिएको साइट वा सेवालाई समर्थन गर्दैन । यस गोपनीयता नीतिका सर्तहरू यी अन्य वेबसाइटहरू वा सामग्रीहरूमा वा तपाईंले त्यस्ता बाहिरी वेबसाइटहरूको लिङ्कहरूमा क्लिक गरेपछि संकलन हुने तथ्यांकमा लागू हुँदैन ।

४. ओकि नेपालले कति समयसम्म तपाईंको तथ्यांक राख्छ ?

हामीले युनिसेफको नीतिमा उल्लेखित अबधि तथा जुन उद्देश्यका लागि तथ्यांक  सङ्कलन गरिएको हो त्यति समयसम्म मात्र तथ्यांक राख्ने एबं प्रयोग गर्नेछौं । हाम्रो कानूनी दायित्वहरूको पालना गर्न, विवादहरू समाधान गर्न र हाम्रा सम्झौताहरू र अधिकारहरू लागू गराउन वा यदि यसलाई प्राविधिक रुपमा हटाउन सम्भवन भएको खण्डमा मात्र तथ्यांक राख्नेछौं ।  साथै हामीसँग तपाइँको तथ्यांक युनिसेफको प्रत्यक्ष नियन्त्रण बाहिरका पक्षहरू जस्तै तेश्रो पक्षका  सर्भर वा डाटाबेसहरूमा राख्ने अधिकार पनि राख्दछौं ।

५. तपाईं आफ्नो डाटा कसरी नियन्त्रण गर्न सक्नुहुन्छ ?

यदि तपाईंले हामीसँग खाता खोल्नु भएको छ भने तपाईंले लग इन गरेर र खाता सेटिङ पेजको  प्रयोग गरेर आफ्नो खातासँग सम्बन्धित अधिकांश जानकारीहरूमा पहुँच पाउनुहुनेछ ।  यदि तपाइँ आफ्नो खाता वा तपाइँले दिनु भएको डाटा मेटाउन चाहनुहुन्छ भने, तपाइँ यसलाई एपबाट मेटाउन सक्नुहुन्छ । एकचोटि तपाईंले आफ्नो खाता मेटाउनुभएपछि  हाम्रो सर्भरबाट सबै डाटा मेटिनेछ ।

६. गोपनीयता नीतिमा हुने  संशोधनहरूको सूचना

हामी हाम्रा सुरक्षा उपायहरू र हाम्रो गोपनीयता नीतिको समीक्षा गर्छौं र हामीले उपयुक्त ठानेमा परिमार्जन गर्न सक्छौं । यदि हामीले गोपनीयता सम्बन्धी अभ्यासहरूमा परिवर्तन गरेमा गोपनीयता नीति परिमार्जन गरिएको छ भनी तपाईंलाई सचेत गराउँदै ओकि नेपाल वेबसाइट र एपमा सूचना पोस्ट गर्नेछौं ।

यस्ता परिवर्तनहरू ओकि नेपाल एप र वेबसाइटमा पोस्ट गरेपछि तुरुन्तै लागु हुनेछन् । यस कारण तपाईंलाई हाम्रो गोपनीयता नीति बारम्बार जाँच गर्न अनुरोध गर्दछौं ।  यस पृष्ठको तलपट्टि लेखिएको   “पछिल्लो अद्यावधिक (अपडेट)“ ले यो कहिले संशोधन भयो भन्ने कुरा जनाउँछ ।

तपाईंले  ओकि नेपाल  एप वा वेबसाइटको निरन्तर प्रयोग गर्नुको अर्थ  संशोधित गोपनियता सम्बन्धी निती स्वीकार गर्नु भएको मानिन्छ ।

७. हामीलाई सम्पर्क गर्नुहोस्

यदि तपाईंलाई यस गोपनीयता नीतिको बारेमा थप जानकारी चाहिन्छ भने हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस् । हामीलाई सम्पर्क गर्न कृपया ईमेल गर्नुहोसः  info@nfcc.org.np,  nfccoky@gmail.com.

पछिल्लो पटक अपडेट गरिएकोः १ डिसेम्बर २०२१ .

डाउनलोड

icon

यान्ड्रोईडको लागि

यसलाई प्ले स्टोरमा प्राप्त गर्नुहोस्

google play

Google Play and the Google Play logo are trademarks of Google LLC.

Oky सिधै डाउनलोड गर्नुहोस्

QR  Code

iOS को लागि

यसलाई एप स्टोरमा प्राप्त गर्नुहोस्
google play