१. प्रयोगकर्तासंगको सम्झौता
यसमा उल्लेख गरेका प्रयोगका सर्तहरू तपाईं र ओकी नेपालका बीचको सम्झौता हो जसले ओकी नेपाल एप र वेबसाइटसँग तपाईंको अन्तरक्रियाका नियमहरू निर्धारण गर्दछ ।
ओकि नेपाल किशोरीहरुबाट किशोरीहरुकै लागि महिनावारी ट्रेक गर्न बनाइको एक एप हो । यसले रमाइलो, सिर्जनात्मक तथा सकारात्मक तरिकाले महिनावारीका बारेमा जानकारी प्रदान गर्दछ ।
कृपया यसमा उल्लेख गरेका प्रयोगका सर्तहरू ध्यानपूर्वक पढ्नुहोस् : तपाईले ओकी नेपाल एप प्रयोग गर्नुको अर्थ तपाइँ तल उल्लिखित नियम र सर्तहरू पढ्नुभयो, बुझ्नुभयो र स्वीकार गर्नुभयो भन्ने बुझिन्छ । यदि तपाईं यी नियम र सर्तहरू मध्ये कुनै एकमा पनि सहमत हुनुहुन्न भने, कृपया एप प्रयोग नगर्नुहोस्।
ओकी नेपाल एप १० वर्ष र सोभन्दा माथिका व्यक्तिहरुको लागि लक्षित गरिएको छ । यदि तपाइँ १६ वर्ष भन्दा कम उमेरको हुनुहुन्छ भने हामी तपाइँलाई आफ्नोे आमाबाबु वा अभिभावकहरु संग एपको प्रयोग गर्ने बारे छलफल गरी एप प्रयोग गर्न सहमती लिनुहुन सल्लाह दिन्छौं।
यी प्रयोगका सर्तहरू परिवर्तन हुन सक्दछन् । त्यसैले समय समयमा ओकी नेपाल एप वा वेभसाइटमा सर्तहरु हेर्नुहोस । सबैभन्दा पछिल्लो संशोधनको मिति यस पृष्ठको तल रहेको छ । यदि तपाइँ एपको प्रयोग गर्न जारी राख्नुहुन्छ भने तपाइँ यी प्रयोगका सर्तहरूमा भएका कुनै पनि परिवर्तन वा संशोधनहरू स्वीकार गर्नुहुन्छ भन्ने मानिन्छ ।
तपाईंको गोपनीयता हाम्रो लागि धेरै महत्त्वपूर्ण छ – कृपया हाम्रो गोपनीयता सम्बन्धी नीति पनि पढ्नुहोस् । उक्त नितीले तपाईंले हामीलाई उपलब्ध गराएको जानकारी कसरी सङ्कलन, भण्डारण र प्रयोग गर्छाे भन्ने बारे जानकारी दिनेछ । ओकी नेपाल एप प्रयोग गर्नुको अर्थ तपाईं हाम्रो गोपनीयता सम्बन्धी नीतिमा सहमत हुनुहुन्छ भन्ने मानिन्छ ।
२. खाता खोल्ने र खाताको सुरक्षा
ओकी नेपाल एप प्रयोग गर्नको लागि, तपाईंले ओकी नेपाल एपमा दर्ता गरी खाता खोल्नुपर्नेछ । खाता खोल्ने कुरा ऐच्छिक हो तर खाता खोल्दा तपाईंले आफ्नो महिनावारी र अन्य स्वास्थ्य जानकारीकरु (जस्तै शरीर, मुड, गतिविधि र तपाईंको दैनिक डायरी कार्ड) ट्र्याक गर्न अनुमति दिन्छ । तपाईंले खाता खोल्नु भएन भने पनि एपको विश्वकोशमा (इन्साइक्लोपेडिया) मा उल्लिखित जानकारी हेर्नसक्नुहुनेछ ।
खाता खोल्ने समयमा तपाईंलाई प्रयोगकर्ताको नाम उल्लेख गर्न वा तपाई जन्मेको साल र महिना, तपाईंको लिङ्ग र स्थान (देश र प्रदेशको नाम) सहित नाम उल्लेख गर्न भन्दछौं । हामी बिशेष गरी १८ बर्ष भन्दा कम उमेरको किशोरीहरुलाई आफ्नो पहिचान हुन सक्ने गरी वास्तबिक नाम तथा अन्य जानकारीहरु नराख्न प्रोत्साहन गर्दछौं ।
एकचोटि तपाईंले आफ्नो खाता खोलेपछि, तपाईंले गोप्य प्रश्न चयन गर्नुपर्नेछ र सोको जवाफ दिनुपर्नेछ । कृपया यो जानकारी सुरक्षित राख्नुहोस् । तपाईंले आफ्नो पासवर्ड बिर्सनुभएको खण्डमो आफ्नो खातामा जाने यो मात्र उपाय बाँकी रहेको हुन्छ ।
एकचोटि तपाईंले आफ्नो खाता खोलेपछि एउटा फरक नाम छनौट गरेर तपाईंले आफूले प्रयोग गर्ने वा देखाउने नाम परिवर्तन गर्न सक्नुहुन्छ । आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् वा आफ्नो गोप्य प्रश्न परिवर्तन गर्नुहोस् ।
हामीले तपाईंको व्यक्तिगत जानकारी कसरी व्यबस्थापन गर्छौं भनेर हेर्नको लागि कृपया हाम्रो गोपनीयता नीति हेर्नुहोस् ।
तपाईको पासवर्ड, गोप्य प्रश्न , उत्तर र तपाईंको खाता सुरक्षित गर्न को लागि तपाई आफै जिम्मेवार हुनुहुन्छ । तपाईंको खाता अरू कसैले प्रयोग गरेको भए तापनि यसको जिम्मेवारी तपाइले नै लिनु पर्छ । तपाईंले पनि अनुमति बिना अर्को व्यक्तिको ओकि नेपाल खाता प्रयोग गर्न पाउनु हुन्न ।
यदि तपाइँको खाता सुरक्षित छैन भन्ने लागेमा वा तपाइँको पासवर्ड चोरी भएमा आफ्नो पासवर्ड सकेसम्म चाँडो परिवर्तन गरिहाल्नुहोस । यदि तपाईंले आफ्नो पासवर्ड बिर्सनुभयो भने तपाइँको खातामा जानका लागि तपाइँले गोप्यप्रश्नको उत्तर दिनको लागि भनिनेछ ।
यदि तपाईंले आफ्नो गोप्य प्रश्न र उत्तर बिर्सनुभयो भने पनि तपाइले धेरै पटक प्रयास गर्ने अवसरहरू पाउनु हुनेछ । तर यदि तपाईंले याद गर्न सक्नुभएन भने तपाईंले ओकि नेपाल एप प्रयोग गर्न र जारी राख्न नयाँ खाता खोल्नु पर्नेछ । यदि तपाइँ नयाँ खाता खोल्नुुभयो भने तपाइँको अघिल्लो खातामा राखेको जानकारी पुनः प्राप्त हुने छैन ।
ओकि नेपालसंग तपाईंको खातामा पहुँच छैन । त्यसैल ओकि नेपालले आफैं परिवर्तन गर्न, पासवर्ड वा यसको प्रयोगकर्ताहरूको गोप्य प्रश्नहरू पुनः प्राप्त गर्न वा रिसेट गर्न सक्दैन ।
३. प्रयोगका नियमहरू
ओकि नेपाल एउटा एप हो जुन संसारभरका युवाहरूलाई प्रयोग गर्नका लागि खुल्ला छ । हामी सबैलाई स्वागत गर्दछौं । हाम्रा प्रयोगकर्ताहरूमा बिबिधता हुने भएकाले ओकि नेपाल एपले जुनसुकै राष्ट्रियता, लिंग, सांस्कृतिक पृष्ठभूमि, धर्म, यौन झुकाव वा राजनीतिक आस्था भएको युवायुबतीमा सहज वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ ।
सकारात्मकता, खुलापन, सम्मान, समावेशीता, संवाद, सहयोग र रचनात्मकता ओकि नेपालको मूल्य मान्यताहरु हुन् ।
तपाईंले यस एप प्रयोग गर्नुको अर्थ आफ्नो देशमा लागू हुने सबै कानून र नियमहरूको पालना गर्न सहमत हुनुहुन्छ भन्ने मानिन्छ ।
४. सामग्री
ओकि नेपाल तपाईंको महिनाबारीको बारेमा निगरानी गर्न सिकाउने साथै महिला स्वास्थ्य बारे जानकारी प्रदान गर्ने एप हो । एपमा रहेको सामाग्रीहरु तपाईं र तपाईंका साथीहरूको व्यक्तिगत प्रयोगको लागि मात्र निः शुल्क रुपमा उपलब्ध गराइएको छ । यो व्यावसायिक प्रयोगको लागि बनाइएको होइन ।
कृपया गर्भनिरोध वा चिकित्सकीय प्रयोजनका लागि यो एप प्रयोग नगर्नुहोस् । कुनै पनि व्यक्तिगत स्वास्थ्य समस्याहरू भएमा स्वास्थ्यकर्मीसंग परामर्श लिनुहोस् ।
यो एप गर्भनिरोधक उपायहरू वा चिकित्सा सल्लाह को विकल्प को उद्देश्यले बनाइएको होइन । यसको उद्देश्य जानकारी प्रदान गनु मात्र हो । यो एप तपाईले खासगरी गर्भनिरोधकको लागि वा चिकित्सको सल्लाह को लागि नभई आफूलाई आवश्यक परेको जानकारीको लागि मात्र प्रयोग गरेको हो भन्ने मानिन्छ ।
प्रयोगकर्ताले राखेको सामाग्री बाहेक ओकी नेपालको कोड, ओकि नेपालको एपको डिजाइन, आर्किटेक्चर
र यस साइट मार्फत प्रदान गरिएको कुनै पनि सफ्टवेयर, सहयोग सामग्री वा सामग्री (एकमुष्ठ रूपमा “ओकि नेपाल आईपी“) सबैमा ओकि नेपालको सर्बाधिकार रहन्छ । यो सम्झौतामा स्पष्ट रुपमा प्रदान गरिएको अधिकार बाहेक तपाईलाई ओकि नेपालको बोद्धिक सम्पत्ति माथि कुनै पनि अधिकार प्रदान गरिएको छैन । यदि यी सम्झौतामा अनुमति नभएका बिषयमो ओकि नेपाल आईपीको बोद्धिक सम्पत्ति प्रयोग गर्न चाहनु पहिले ओकि नेपालसंग सम्पर्क गरेर अनुमति लिनुपर्दछ ।
हामीले अन्यथा उल्लेख नगरेसम्म एप र वेबसाइटमा ओकि नेपाल द्वारा प्रदान गरिएका सबै सामग्रीहरू
क्रिएटिभ कमन्स लाइसेन्सबाट इजाजत लिइएको छः एट्रिव्युसन ४.० ईन्टरनेशनल (सि.सि. बाई ४.००). यो इजाजतपत्रले तपाईंलाई सामग्री कपी गर्न र पुनः वितरण गर्ने अनुमतिको दिन्छ ।
ओकि नेपाल एप को सामग्री प्रयोग गर्दा तपाईले निम्न बमोजिम श्रेय दिनुहोसः “ओकि नेपाल संयुक्तराष्ट्रसंघीय बालकोषद्वारा बिकसित गरिएको हो र यसको वेभसाइट http://www.okyapp.info” मा हेर्न सक्नुहुनेछ । चाहिएमा क्रियटिभ कमन बारम्बार सोधिने प्रश्नावलीको पेज गएर हेर्न सक्नुहुनेछ ।
ओकि नेपाल एप र ओकी नेपाल सहयोगी सामाग्रीमा तेश्रो पक्षद्वारा ट्रेडमार्क गरिएका चित्रहरु ध्वनिहरु र भिडियोहरु हुन सक्छन् । यस सम्झौताका शर्तहरु वा क्रिएटिभ कमन्स इजाजतपत्रले तेश्रो पक्षको बोद्धिक सम्पत्तिको अधिकारलाई सिमित गर्न सक्ने छैन । तपाईलाई यदि तेश्रो पक्षको बोद्धिक सम्पत्तिको अधिकार उल्लंघन हुने गरी यी सामाग्रीहरुको प्रयोग गर्नुभयो भने यसको लागि तपाई स्वयं जिम्मेवार हुनुहुन्छ ।
ओकी, ओकी नेपाल एप र युनिसेफको नाम र लोगो युनिसेफको एकल सम्पत्ति हो । तिनीहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय कानून बमोजिम संरक्षण गरिएका छन् र अनाधिकृत प्रयोग गर्न निषेध गरिएको छ । युनिसेफको पूर्व लिखित अनुमति बिना कुनै पनि तरिकाले यी सामाग्रहीहरु कपी गर्न वा पुनः उत्पादन गर्न पाइने छैन । अनुमतिको लागि हामीलाई info@nfcc.org.np, nfccoky@gmail.com मा पठाउनु पर्नेछ ।
५. सर्तहरूमा परिवर्तन
युनिसेफले समय समयमा यी सर्तहरू संशोधन गर्दछ । हरेक पटक तपाईले एप प्रयोग गर्ने समयमा उक्त समयमा लागू हुने सर्तहरू बारे जानकारी लिनका लागि सर्तहरू हेर्नुहोस् ।
६. बाह्य लिङ्क र स्रोतहरू
ओकी नेपालले आफ्नो र वा युनिसेफको नियन्त्रणभित्र नरहेको अन्य वेबसाइटहरू र स्रोतहरूमा लिङ्क गर्न सक्छ । त्यस्ता लिङ्कहरू रहनुको कारणले त्यस्ता वेभसाइटमा रहेका बस्तु वा सेवाको सम्बन्धमा ओकी नेपाल र वा युनिसेफले कुनै समर्थन वा स्वीकृति दिएको मानिने छैन ।
जब तपाइँ ओकी नेपालको एप वा वेबसाइटमा रहेको लिङ्कहरूमा क्लिक गर्नुहुन्छ, ती मध्ये केहीले तपाइँलाई इन्टरनेटका अन्य साइटमा लैजान सक्छ । त्यसैले कृपया साबधानीपूर्बक क्लिक गर्नुहोस् । हामीले अन्य सबै साइटहरू जाँच गरेका छैनौं र हामी ग्यारेन्टी दिन सक्दैनौं कि तिनी साइटहरुमा भएका सामाग्रीहरु सही वा भरपर्दो छन् । हामीले त्यस्ता साइटहरुमा रहेको सामाग्रीहरु, विचारहरू वा तिनीहरूले बिक्री गर्ने कुनै बस्तु वा सेवाहरुको समर्थन गर्दैनौं । साथै त्यस्ता साइटहरुको आफ्नै शर्तहरु रहेका हुन्छन् । हामी अन्य साइटहरुको जिम्मेवारी लिदैनौं ।
युनिसेफ र वा ओकी नेपाल त्यस्ता अन्य साइटहरू रहेको सामाग्रीहरुमा रहेका कुनै पनि जानकारी, डाटा, राय, सल्लाह वा कथनहरूको सत्यता वा विश्वसनीयतामा जिम्मेवारी र दायित्व लिदैंन ।
७. खण्डन
तपाईंले ओकी नेपाल एप वा वेबसाइटमा पढ्नु भएको कुरा ओकी नेपाल टोलीले वा युनिसेफ कर्मचारीहरूनै लेखेको हुनुपर्छ भन्ने छैन । त्यसैले ओकी नेपाल एप र वेबसाइटमा व्यक्त गरिएका विचारहरू र रायहरु युनिसेफ र वा ओकी नेपाल एप टोलीको बिचारसंग समान हुनुपर्छ भन्ने छैन ।
ओकी नेपाल एपले प्रदान गरेको वा गर्ने सामाग्री हाल जे अबस्थामा पाइएको छ सोही बमोजिम दिइएको छ । यस अबस्थामा तपाईंले यस साइटमा फेला पार्नुहुने सबै कुरा पूर्णतया सही वा त्रुटिरहित हुनेछ भन्ने ग्यारेन्टी दिन सक्दैनौं । ओकी नेपालमा रहने सामग्री समय समयमा सूचना बिनानै थपिने, परिवर्तन हुने वा अद्यावधिक गरिन्छ । तसर्थ तपाईंले ओकी नेपालको एप वा वेबसाइटमा रहने सामग्री बिचार गरेर जिम्मेवारीपूर्वक प्रयोग गर्नुहोला ।
ओकी नेपाल एप र वेबसाइटमा रहेका सामाग्रीहरु प्रयोगकर्ताहरुलाई अद्यावधिक जानकारी वा लिङ्कहरू प्रदान गर्न तथा प्रयोगकर्ताहरूको आवश्यकता सम्बोधन गर्न समय समयमा परिवर्तन हुन सक्छन् ।
ओकी नेपाल एप वा यसमा रहेका सााग्रीहरु सधै उपलब्ध हुनेछन् वा सेवामा कुनै समस्या आउने छैन भन्ने ग्यारेन्टी लिन सक्दैनौं । हामीले व्यबस्थापकीय वा अन्य कारणहरूले गर्दा ओकी नेपाल एपको सबै वा कुनै भागमात्र हेर्न नमिल्ने वा प्रतिबन्ध लगाउन सक्नैछौं । । यस बिषयमा हामी तपाईंलाई उचित सूचना दिन प्रयास गर्नेछौं ।
ओकी नेपाल एप प्रयोग गर्दा तपाईंले सामना गर्न सक्ने कुनै पनि समस्याहरूको लागि तपाईं मात्र जिम्मेवार हुनुहुन्छ भनी सहमत हुनुहुन्छ । कुनै पनि परिस्थितिमा एप प्रयोगसँग सम्बन्धित कुनै पनि क्षतिको लागि युनिसेफ र वा ओकी नेपाललाई जिम्मेवार ठहराउन सकिने छैन ।
तपाईं ओकी नेपाल एपको प्रयोग गरेको कारणबाट युनिसेफ यसका पदाधिकारी तथा अधिकारीहरू, परामर्शदाता , एजेण्ट वा तपाई बिरद्ध तेश्रो पक्षबाट कुनै दाबी परेमा सो समपूर्ण खर्च र क्षतिपूर्ति तपाई आफैले व्यहोर्न सहमत हुनुहुन्छ ।
ओकी नेपाल एप वा वेबसाइटमा कम्पनी वा उत्पादनहरूको नाम उल्लेख हुनुले त्यस्ता सम्पत्ति सम्बन्धी अधिकारमाथि उल्लङ्घन गरेको मानिने छैन , साथै यो कार्यलाई युनिसेफ र वा ओकी नेपालको तर्फबाट अनुमोदन वा सिफारिस गरिएको रूपमा व्याख्या गरिनु हुँदैन।
ओकी नेपाल एप वा वेबसाइटमा प्रयोग गरिएका देश वा क्षेत्रको नक्साहरूकोे प्रयोगले त्यस्ता देशहरू वा क्षेत्रहरूको कानुनी स्थिति, तिनीहरूका आधिकारिका र सिमानाको स्थितिलाई प्रतिबिम्बित गर्दैन ।
८. हामीलाई निम्न ठेगानामा सम्पर्क गर्नुहोस्ः
यदि तपाईंसँग ओकी नेपालको बारेमा कुनै प्रश्नहरू छन् भने कृपया हामीलाई info@nfcc.org.np, nfccoky@gmail.com मा सम्पर्क गर्नुहोस्।
पछिल्ले पटक अद्याबधिक गरिएको मिति : १ डिसेम्बर २०२१