Oky को प्रयोगकर्ताहरु
किशोरीहरुको लागि Oky
Oky १० देखि १९ वर्षका किशोरीहरूको लागि डिजाइन गरिएको हो, तर यसको सामाग्री (कन्टेन्ट) महिनावारी बारे जान्न चाहने जो कोहीकोलागि पनि सान्दर्भिक छ!
सबै महिला र किशोरीहरूको महिनावारी हुन्छ। यो प्राकृतिक प्रक्रिया हो! तर किशोरीहरूलाई अझै पनि यसको लागि लज्जित गराईन्छ, र प्राय उनीहरुसँग, जीवनको महत्त्वपूर्ण समयमा जब धेरै परिवर्तन भइरहेको हुन्छ त्यसबेला उनीहरूको शरीरमा के भइरहेको छ भन्ने बारे जानकारीको अभाव हुन्छ |
यी सबैले महिनावारीलाई तनावपूर्ण बनाउन सक्छ, जबकि तिनीहरू हुनु आवश्यक छैन !
Oky ले महिनावारी सम्बन्धि लाज, नराम्रो भावना र गलत जानकारीलाई उल्टाउने लक्ष्य राखेको छ, र सबै किशोरीहरूमा, रमाइलो र आकर्षक तरिकामा महिनावारी व्यवस्थित गराउन, जानकारी र उपकरणहरु पहुँच गराउने सुनिश्चित गरेको छ !
किशोरहरुको लागि Oky
किशोरहरूले पनि Oky बाट फाइदा लिन सक्छन्!
किशोरहरूले यौवन अवस्था र किशोरहरूसँग सान्दर्भिक अन्य विषयहरूबारे रोचक र जानकारीमूलक तथ्यहरू जान्नको लागि इन्साइक्लोपेडियामा खोजि गर्न सक्छन् |
अभिभावकहरुको लागि Oky
Oky ले अभिभावकहरुलाई आफ्ना किशोरी छोरीहरूसँग भइरहेको परिवर्तनहरूको बारेमा प्रमाण-आधारित जानकारी प्रदान गर्दछ।
यसले अभिभावकहरुलाई आफ्ना छोरी वा छोराहरूसँग कुरा गर्न र उनीहरूसँग भएका प्रश्नहरूको जवाफ दिन सजिलो र सहज बनाउन सक्छ।
शिक्षकहरुको लागि Oky
Oky शिक्षकहरूको लागि पनी उपयोगी उपकरण हो!
शिक्षक, स्वास्थ्यकर्मी वा सामुदायिक सदस्यहरु Oky को इन्साइक्लोपेडिया प्रयोग गरेर, महिनावारी, यौवन अवस्था र प्रजनन स्वास्थ्य सम्बन्धि नवीनतम प्रमाण-आधारित जानकारी पहुँच गर्न सक्छन् | तिनीहरूले Oky लाई आफ्नो कक्षाकोठामा परिचय गराउन सक्छन् र विद्यार्थीहरूलाई रमाइलो तरिकामा Oky लाई विध्यालयमा पढाइएका कुराहरूको पूरक बनाउन प्रोत्साहन गर्न सक्छन् |