हामी विश्वव्यापी Oky समुदाय बनाउँदैछौ |
प्रमुख कार्यान्वयन साझेदारहरूले फ्रान्चाइज मोडल प्रयोग गरेर आफ्नो स्थानीय बजारमा Oky लागु गर्न नेतृत्व गरिरहेका छन् | उनीहरुसँग Oky को ब्रान्ड सम्पत्तिको पहुँच छ, र Oky समुदाय तथा योगदान दिने साझेदारहरुबाट सहयोग पनि प्राप्त गर्छन् | कार्यान्वयन साझेदारहरू गैर सरकारी संस्थाहरू, सामाजिक उद्यमहरू, वा शिक्षा र स्वास्थ्य सेवा प्रदायकहरू हुन सक्छन् | उनीहरूले किशोरीहरूका लागि आफ्नो सेवा र कार्यक्रमहरूको भागको रूपमा, स्थानीयकृत Oky एप आयोजना (होस्ट) गर्छन् |
Oky को संस्थापक साझेदारको रूपमा UNICEF ले प्रारम्भिक लगानी गरेर, Oky लाई किशोरीहरूसँग सह-सृजना गर्यो र किशोरीहरूको डिजिटल स्वास्थ्य पर्यावरणको (इकोसिस्टमको) ज्योति बाल्यो | UNICEF अब एक समर्थक र सहजकर्ता, प्राविधिक सल्लाहकार, साझेदारी दलाल (ब्रोकर), तथा स्रोत परिचालनकर्ताको रुमा विकसित हुँदैछ|
Oky सँग, Oky लाई योगदान दिने साझेदारहरुको संजाल पनि छ | Oky को विकासलाई समर्थन गर्न विभिन्न क्षेत्रहरूबाट योगदान साझेदारहरू आउँने गर्छन् | साझेदारीको क्षेत्रहरु भित्र एपको पहुँच, कम्स् र ब्रान्ड सम्पत्ति, सामग्री (कन्टेन्ट), फन्डिंग, किशोरीहरुको संलग्नता, अनुसन्धान, मार्केटिंग र प्रवर्धन, प्रविधि, UX र डिजाइन पर्दछन् |
Oky को साझेदार बन्न इच्छुक हुनहुन्छ ?
हामी ठूलो सपना देख्छौं। हामी Oky ले संसारभरिका लाखौं किशोरीहरूलाई फाइदा गरोस् भन्ने चाहन्छौं। र यसकालागी हामीलाई साझेदार आवश्यक छन्।
फ्रान्चाइज साझेदारहरुले Oky लाई नयाँ बजारमा लग्न सक्छन्, र वास्तवमै एक विश्वव्यापी Oky पर्यावरण (इकोसिस्टम) निर्माण गर्न सक्छन् |
ताकि किशोरीहरूले आफ्नो महिनावारीलाई सामान्य रुपमा र आत्मविश्वासका साथ व्यवस्थापन गर्न सकून् | त्यसैले उनीहरूले आफ्नो शरीर र आफ्नो जीवनको बारेमा जानकारी सहितको निर्णयहरू लिन सक्छन् |
Oky समुदायको हिस्सा बन्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् !
डाउनलोड
यान्ड्रोईडको लागि
यसलाई प्ले स्टोरमा प्राप्त गर्नुहोस्
Google Play and the Google Play logo are trademarks of Google LLC.
Oky सिधै डाउनलोड गर्नुहोस्